ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

केन्द्रबिन्दु
28
Shares

ताइपेई । ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सीइओसी) को शुक्रबार जारी सीईओसीको तथ्याङ्कअनुसार ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् ।

आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।

ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजी कार्या जारी छ । सीइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।

Logo