इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी

इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी

केन्द्रबिन्दु
112
Shares

गाजा(प्यालेस्टिन) । गत बुधबार पाँचवटा इजरायलीको शव बरामद गरेसँगै इजरायली सेनाले शनिबार दक्षिणी गाजाको खान युनिस सहरका बासिन्दालाई उक्त स्थान खाली गर्न आदेश जारी गरेको छ ।

इजरायली सेनाले गत सोमबारबाट यस क्षेत्रमा कारबाही सुरु गरेदेखि लडाइँका कारण एक लाख ८० हजारभन्दा बढी प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । प्यालेस्टिनी क्षेत्रमा बिग्रदो स्वास्थ्य र सरसफाईको अवस्था रिपोर्ट गर्दै राष्ट्र सङ्घले बढ्दो द्वन्द्व र बारम्बारको निकासीले सहायता कार्यलाई अस्थिर बनाएको उल्लेख गरेको छ ।

सुरक्षित मानवीय क्षेत्रसहित खान युनिस क्षेत्रमा सेनाले बासिन्दालाई निकासी चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले सोमबार खान युनिसमा इजरायली कारबाहीमा ७० जनाको मृत्यु हुनुका साथै २ सय भन्दा बढी घाइते भएको जनएको छ ।

सुरुवाती समयमा तिव्र लडाइँ भएको त्यस क्षेत्रबाट इजरायलतर्फ रकेट फायर रोक्ने कार्य गर्ने जनाउदै सेनाले निकासी आदेश दिएको हो । खान युनिसका बासिन्दालाई शनिबार अल–मवासीको समायोजित मानवीय क्षेत्र खाली गर्न दिएको यो सेनाको दोस्रो आदेश हो ।

प्रत्यक्षदर्शी र उद्धारकर्ताहरूले शुक्रबार पूर्वी खान युनिस वरपर लडाइँ जारी रहेको र सहरको नासेर अस्पतालमा चिकित्सकले दक्षिणी प्रान्तका विभिन्न भागहरूबाट कम्तिमा १६ जनाको शव उद्धार गरेको बताएका छन् । -एएफपी

Logo