अमेरिका र रुसले साटे कैदीबन्दी

अमेरिका र रुसले साटे कैदीबन्दी

केन्द्रबिन्दु
42
Shares

मस्को । अमेरिका र रुसले आ–आफ्नो जेलमा कैद भएर बसेका एकअर्काका कूल २४ कैदी साटासाट गरेका छन् । बिहीबार रुसी जेलमा भएका अमेरिकी कैदीहरू रुसले अमेरिका पठाएको थियो भने अमेरिकी जेलमा भएका रुसी कैदीहरूलाई अमेरिकाले रुस पठाएको थियो ।

रुसले आफ्नो जेलमा रहेका १६ अमेरिकी नागरिकलाई अमेरिकालाई सुम्पिएको छ भने अमेरिकाले ८ जना रुसी कैदीलाई रुसको जिम्मा लगाएको छ ।
दुवै देशहरूले कसका कति कैदी छोडिए भनेर सार्वजनिक नगरे पनि रुसी विश्व च्यानल आरटीले २६ हाराहारी भएको अनुमान गरेको छ ।

अमेरिकी जेलबाट छोडिएका रुसी कैदीहरूलाई भेट्न पुटिन रुसको राजधानी मस्को बाहिरको विमानस्थल भिनुकोभो २ विमानस्थलमा पुगेका थिए ।

Logo