अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस औपचारिक उमेदवार चयन

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस औपचारिक उमेदवार चयन

केन्द्रबिन्दु
70
Shares

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेसँगै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उमेदवार बनेकी छिन् । शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उमेदवार बनेकी हुन् ।

राष्ट्रपतिको उमेदवारका रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् ।

Logo