बंगलादेश घटनाबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक

बंगलादेश घटनाबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । बंगलादेश घटनाबारे छलफल गर्न भारतीय संसद्मा अहिले सर्वदलीय बैठक जारी छ । बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभामा सदनका नेता जेपी नड्डा, संसदीय मामिलामन्त्री किरेन रिजिजु, राहुल गान्धी र केसी वेणुगोपाल उपस्थित छन् ।

यस्तै, द्रमुकका टीआर बालु, जेडीयूका लल्लन सिंह, सपाका रामगोपाल यादव, टीएमसीका सुदीप बन्द्योपाध्याय, आरजेडीका मीसा भारती, टीडीपीका रामनाथ मोदी पनि उपस्थित छन् । विदेशमन्त्री एस जयशंकर बंगलादेशको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत आएकी छिन् । बंगलादेशमा आन्दोलन चर्किएपछि उनी सोमबार साँझ भारत आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Logo