बङ्गलादेशमा बन्यो नयाँ सरकार, नोबेल पुरस्कार विजेता युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त

बङ्गलादेशमा बन्यो नयाँ सरकार, नोबेल पुरस्कार विजेता युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त

केन्द्रबिन्दु
182
Shares

ढाका । बङ्गलादेशमा नयाँ सरकार बनेको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले उल्लेख गरेको छ ।

यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।

Logo