हमासको प्रमुख नेता बने याह्या सिनवार

हमासको प्रमुख नेता बने याह्या सिनवार

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । हमासको प्रमुख नेतामा याह्या सिनवार चयन भएका छन् । हमासले आफ्नो प्रमुख नेताका रूपमा सिनवारलाई चयन गरेको हो । इस्माइल हानियाको हत्यापछि रिक्त रहेको हमास प्रमुखको जिम्मेवारी सिनवारलाई दिइएको हो ।

सन् २०१६ देखि सिनवार गाजापट्टीमा ग्रुप लिडरका रूपमा काम गर्दै आएका सिनवारलाई कतारको राजधानी दोहामा दुई दिनसम्म भएको वार्तापछि हमासले आफ्नो नयाँ शीर्ष नेताका रूपमा चयन गरेको बीबीसीले जनाएको छ ।

Logo