बंगलादेशमा अल्पसंख्यकमाथिको हिंसाको मुद्दा संयुक्त राष्ट्रसंघमा, हिन्दू एक्शनको र्‍याली

बंगलादेशमा अल्पसंख्यकमाथिको हिंसाको मुद्दा संयुक्त राष्ट्रसंघमा, हिन्दू एक्शनको र्‍याली

केन्द्रबिन्दु
126
Shares

ढाका । बंगलादेशमा हिन्दू र अन्य अल्पसंख्यकहरूको सुरक्षाको माग गर्दै शनिबार ठूलो संख्यामा मानिसहरूले संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् । हिन्दू एक्सन नामक वाशिङ्टनस्थित एक एनजीओले उक्त विरोध प्रदर्शनको नेतृत्व गरेको थियो ।

गैरसरकारी संस्था हिन्दू एक्शनले न्यूयोर्कका धेरै ठाउँमा पनि विरोध प्रदर्शन गरेको छ । रिपब्लिकन सांसद प्याट फलोनले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘बंगलादेशमा जारी राजनीतिक हिंसा र धार्मिक उत्पीडनको कडा निन्दा गर्दछु । म अन्तरिम सरकारलाई बंगलादेशी जनताको साझा हितमा काम गर्न र यस हिंसाको तुरुन्त अन्त्य गर्न आग्रह गर्दछु।’

Logo