सुरुङभित्र आपतकालीन उद्धारका लागि चीनमा मानवरहित प्रणाली विकास

सुरुङभित्र आपतकालीन उद्धारका लागि चीनमा मानवरहित प्रणाली विकास

केन्द्रबिन्दु
98
Shares

बेइजिङ । स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङहरूका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशन (सीएएसआईसी) ले जनाएको छ ।

आपतकालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाइहरूको सामना गर्छ । यसमा खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ ।

शोधकर्ताहरूले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौतिहरू पार गरेको बताएका छन् । यस अन्तर्गत सुरुङमा स्वतन्त्र रूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराइ वा उचाइमा अग्नि नियन्त्रण सुविधा रहेका छन् ।

यस प्रणालीले सुरुङमा स्वतन्त्र रूपमा आवागमन गर्ने, अवरोध जोगाउने र आगो निभाउने ग्रेनेडहरू प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गहरूमा आगलागी नियन्त्रणसहित आपतकालीन उद्धार कार्यका लागि उपयोगी रहेको दाबी गरिएको छ ।

Logo