बङ्गलादेशको अन्तरिम सरकारका थप दुई सल्लाहकारले लिए शपथ

बङ्गलादेशको अन्तरिम सरकारका थप दुई सल्लाहकारले लिए शपथ

केन्द्रबिन्दु
252
Shares

ढाका । बङ्गलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिएका छन् । बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथग्रहण गराएका हुन् । अर्का सल्लाहकार फारुक–ए–आजम अझै देश बाहिर रहेकाले शपथ लिन बाँकी छ ।

अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिनाको सरकारको अपदस्थपछि मोहम्मद युनुस नेतृत्वको नयाँ अन्तरिम सरकारले अगस्ट ८ मा शपथ लिएको थियो ।

Logo