युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान

युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान

केन्द्रबिन्दु
42
Shares

बेइजिङ । संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० एजेन्डाको प्रेरक शक्ति युवा रहेको बताउँदै युवालाई विकासका लागि अझ बढी सहयोग गर्न आह्वान गरेकी छिन् ।

सोमबार बेइजिङमा आयोजित सन् २०२४ को विश्व युवा विकास मञ्चलाई भिडियोमार्फत् दिएको सन्देशमा मोहम्मदले यस्तो भनाइ राखेकी हुन् ।

“टुगेदर फर अ बेटर फ्युचर“ शीर्षकको यस मञ्चमा १३० भन्दा बढी देशका दुई हजार भन्दा बढी युवाहरू र अनलाइन र अन–साइट दुवैमाध्यमबाट २० अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी छन् ।

सदस्य राष्ट्रको सरकार, बहुपक्षीय सङ्गठन, निजी क्षेत्र र नागरिक समाजले युवाहरूलाई आवाज उठाउन आवश्यक स्रोत र मञ्चहरू उपलब्ध गराउनुपर्ने मोहम्मदले बताइन् ।

उनले युवाहरूको आवाज बढाउनका लागि संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले संयुक्त राष्ट्रसङघीय प्रणाली र विश्वभरका सान्दर्भिक टोलीहरूसँग सहकार्य गर्ने वाचा गरिन् ।

उनले युवाको अधिकार र स्वतन्त्रताको संरक्षण गरी उनीहरूलाई सशक्त बनाउन गुणस्तरीय शिक्षा र सीपको महत्त्वलाई पनि जोड दिइन् ।

Logo