इलोन मस्कले लिए ट्रम्पको प्रत्यक्ष अन्तर्वार्ता

इलोन मस्कले लिए ट्रम्पको प्रत्यक्ष अन्तर्वार्ता

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्कले अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको प्रत्यक्ष अन्तर्वार्ता लिएका छन् । सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका ट्रम्पले प्रत्यक्ष अन्तर्वार्ता दिएका हुन् ।

उक्त अन्तर्वार्तामा मस्कले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरेका छन् । जसमा आफ्नो अनुभवबारे विस्तृत कुरा गर्नुअघि ट्रम्प हाँस्न थालेको देखिन्छ । ट्रम्पले भनेका छन्, ‘यो सुखद त बिलकुलै थिएन ।’ मस्कले यसलाई अनौपचारिक अन्तर्वार्ताका रूपमा वर्णन गरेका छन् । यस अन्तर्वार्ताले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने मस्कले बताएका छन् । सन् २०२१ मा ट्रम्पलाई एक्सबाट दुई वर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।

Logo