रुसद्वारा बेलगोरोड क्षेत्रमा सङ्कटकाल घोषणा

रुसद्वारा बेलगोरोड क्षेत्रमा सङ्कटकाल घोषणा

केन्द्रबिन्दु
322
Shares

मस्को । रुसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रिय सङ्कटकाल घोषणा गरेको छ । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमा समेत बढाउने विचार गरिरहेकाले यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका छन् ।

उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथैै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।

जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा सङ्कटकालिन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उनले भने ।

क्षेत्रिय सरकारले सङ्घीय स्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न सङ्घीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताए ।

Logo