ट्रम्पलाई चुनौती दिन बाइडेन र ह्यारिसले संयुक्त रूपमा चुनावी अभियानको नेतृत्व गर्ने

ट्रम्पलाई चुनौती दिन बाइडेन र ह्यारिसले संयुक्त रूपमा चुनावी अभियानको नेतृत्व गर्ने

केन्द्रबिन्दु
210
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्वघोषणाअनुसार बिहीबारदेखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन् ।

उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट वासिङ्टन नजिकैको मेरील्याण्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो ।

बाइडेनले बुधबारको घोषणामा औषधिको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदमहरू चाल्ने बताएका छन् । उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच रिपब्लिकनका उमेदवार ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गरेका छन् । अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महङ्गी वृद्धिलगायतका अलोकप्रिय मुद्दाहरूबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख गरेको छ ।

अर्कोतर्फ, फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उमेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन् । यद्यपि जनविश्वास दर ह्यारिसको पक्षमा ४२ प्रतिशत र ट्रम्पको पक्षमा ४१ रहेको छ ।

उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मुल्यवृद्धि नियन्त्रणलाई आत्मसाथ गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ ।

ह्यारिसले नीतिगत एजेन्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवर्द्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताए । । बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिती संयमतापूर्वक अगाडि बढ्ने समय भएको बताएका छन् ।

Logo