युक्रेनलाई ५१ डलर चन्दा दिएपछि रुसमा १२ वर्ष जेल

युक्रेनलाई ५१ डलर चन्दा दिएपछि रुसमा १२ वर्ष जेल

केन्द्रबिन्दु
294
Shares

येकातेरिनबर्ग । रुसले एकजना बेली डान्सरलाई युक्रेनलाई ५१ डलर चन्दा दिएको र देशद्रोहको अभियोगमा १२ वर्षको जेल सजाय दिएको छ ।

अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको हो । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई गत फेब्रुअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ । पूर्वबेली डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जल्स गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् ।

खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताए । सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ ।

Logo