आज नेपाल भ्रमणमा आउँदै अमेरिकी विदेश उपराज्यमन्त्री

आज नेपाल भ्रमणमा आउँदै अमेरिकी विदेश उपराज्यमन्त्री

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर वर्मा आज नेपाल आउन लागेका छन् । उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली र परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने जनाइएको छ ।

नेपालमा उपविदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरूलाई भेट्ने कार्यक्रम छ । नेपालको एक दिने भ्रमण सकेर उनी भोलि भारतका लागि प्रस्थान गर्ने बताइएको छ ।

अमेरिकी आर्मीमा समेत काम गरिसकेका उनी भारतका लागि पूर्वअमेरिकी राजदूत पनि हुन् । यसै साता भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री पनि नेपालको भ्रमण सकेर फर्किएका छन् ।

Logo