गाजामा युद्धविरामबारे अमेरिकी राष्ट्रपति बाइडेनले के चेतावनी दिए ?

गाजामा युद्धविरामबारे अमेरिकी राष्ट्रपति बाइडेनले के चेतावनी दिए ?

केन्द्रबिन्दु
392
Shares

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन् । बाइडेनले सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउ नहुने बताएका हुन् ।

गाजामा पहिलेभन्दा युद्धविरामको नजिक भएको उनले बताएका छन् । तर हमासका एक अधिकारीले उनको दाबीमा शंका व्यक्त गरेका थिए । बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि प्रयास जारी राख्न राज्य सचिव एन्टोनी ब्लिन्केनलाई इजरायल पठाउने घोषणा पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको यो चेतावनी अमेरिका, कतार र इजिप्टको संयुक्त वक्तव्यपछि आएको हो । पछिल्लो ४८ घण्टामा तीन देशबीच गम्भीर वार्ता भएको बताइएको छ । यसको उद्देश्य गाजामा युद्धविराम सुनिश्चित गर्नु र बन्धकहरूलाई रिहा गर्नु थियो ।

Logo