नाइजेरियामा एक चिकित्सकसहित २० जना मेडिकलका विद्यार्थीको अपहरण

नाइजेरियामा एक चिकित्सकसहित २० जना मेडिकलका विद्यार्थीको अपहरण

केन्द्रबिन्दु
112
Shares

लागोस । पूर्वी नाइजेरियामा एकजना चिकित्सकहसति २० जना मेडिकलका विद्यार्थी अपहरणमा परेका छन् । वार्षिक अधिवेशनमा जाँदै गरेका उनीहरू अपहरणमा परेको प्रहरी र विश्वविद्यालय स्रोतले जनाएको छ ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिवार जारी गरेको विज्ञप्तिमा विहीवार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा एकजना डाक्टरसहित २० जना विद्यार्थी अपहरणमा परेको बताएको छ।

उनीहरूको रिहाइको बदलामा फिरौती माग गरिएको छ। नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो।

Logo