रुसमा शक्तिशाली भूकम्पको धक्का

रुसमा शक्तिशाली भूकम्पको धक्का

केन्द्रबिन्दु
518
Shares

काठमाडौँ । रुसमा आइतबार बिहान ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए ।

समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको भए पनि रुसी आपतकालीन मन्त्रालयले भने भूकम्पको कारण सुनामीको चेतावनी जारी गरेको छैन ।

Logo