टर्कीको संसद्मा सांसदहरूबीच कुटाकुट, दुईजना घाइते

टर्कीको संसद्मा सांसदहरूबीच कुटाकुट, दुईजना घाइते

केन्द्रबिन्दु
280
Shares

अंकारा । टर्कीको संसद्‌‌मा सत्ता र प्रतिपक्षका सांसदहरूबीच कुटाकुट भएको छ । जेलमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे छलफल गर्दा संसद्मा सांसदहरूबीच कुटाकुट भएको हो । उनीहरूले एकअर्कालाई मुक्का प्रहार गरेका हुन् ।

वामपन्थी वर्कर्स पार्टी (टीआईपी) का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका सदस्य अल्पे ओजालानले थप्पड हान्न खोजेपछि विवाद शुरु भएको हो । सांसदहरूबीचको झगडा करिब ३० मिनेटसम्म चलेको थियो ।

झडपमा कम्तीमा दुई सांसद घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार घटना १६ अगस्टको हो । सांसदहरूको झडपका कारण संसद् बैठक अवरुद्ध भएको थियो ।

Logo