हिमालयमा बसेर नेपालमा तपस्या गरेका पाइलट बाबाको निधन

हिमालयमा बसेर नेपालमा तपस्या गरेका पाइलट बाबाको निधन

केन्द्रबिन्दु
5.4k
Shares

काठमाडौँ । पाइलट बाबाको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार उनको निधन भएको हो । लामो समयदेखि मधुमेहको समस्याबाट पीडित ८६ वर्षीय उनको छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बाबाको उपचारकै क्रममा मृत्यु भएको हो ।

सन् १९३८ मा भारतको विहार राज्‍यको सासाराममा जन्मिएका पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ मा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए । उनले १९६२, १९६५ र १९७१ मा चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए । उनले भारत सरकारबाट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमान राखेका थिए । बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका उनले १५ वर्षसम्म भारतीय विमान सैनिकका रूपमा काम गरी विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

सैनिक सेवाबाट अवकाश लिएपछि उनले हिमालयमा बसेर नेपालमा तपस्या गरेका थिए । उनले नेपाल र भारतका उच्च हिमाली भागमा कठिन तप गरेका थिए । भक्तपुरको सूर्यविनायकमा रहेको जंगलमा पाइलट बाबा आश्रम बनाएर बसेका थिए । पाइलट बाबा उज्जैन पीठाधीश्वर थिए ।

Logo