आरक्षणको विषयलाई लिएर दलित र जनजाति सङ्गठनद्वारा आज भारत बन्द

आरक्षणको विषयलाई लिएर दलित र जनजाति सङ्गठनद्वारा आज भारत बन्द

केन्द्रबिन्दु
420
Shares

नयाँदिल्ली । बुधबार भारतका दलित र जनजाती सङ्गठनहरूले भारत बन्दको आह्वान गरेका छन् । आरक्षणको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा उनीहरूले बन्दको आह्वान् गरेका हुन् । बन्द आह्वानलाई दलित सङ्गठनसहित विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि समर्थन गरेका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बन्दलाई लक्षित गरी राजस्थान, लखनउ र मध्य प्रदेशलगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ । यस्तै मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई अलर्ट राखेको छ ।

यसअघि सन् २०१८ को अप्रिल २ मा गरिएको भारत बन्दको क्रममा विभिन्न ठाउँमा हिंसा हुँदा मध्यप्रदेशमा ६ जनाको मृत्यु भएको थियो ।

Logo