आन्ध्र प्रदेशमा रिएक्टरमा विस्फोट हुँदा तीनको मृत्यु, १७ घाइते

आन्ध्र प्रदेशमा रिएक्टरमा विस्फोट हुँदा तीनको मृत्यु, १७ घाइते

केन्द्रबिन्दु
42
Shares

अनाकपल्ली । भारतको अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् । “घटनामा तीन जनाको ज्यान गएको छ र १७ जना घाइते भएका छन्”, आन्ध्र प्रदेशका श्रम, कारखाना, बोइलर र बीमा चिकित्सामन्त्री वासमसेट्टी सुभाषले भने ।

अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । कम्पनीभित्र अझै कति मानिस फसेका हुनसक्छन् भन्नेबारे स्पष्ट भएको छैन ।

Logo