अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सामेल हुने पक्षमा युक्रेनको मतदान

अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सामेल हुने पक्षमा युक्रेनको मतदान

केन्द्रबिन्दु
84
Shares

किएभ । युक्रेनको संसद्ले बुधबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा सामेल हुन मतदान गरेको छ । किएभले रुसलाई आफ्नो आक्रमणका क्रममा गरेको युद्ध अपराधमा न्यायको दायरामा ल्याउन खोजेको छ ।

आईसीसीले नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधहरूमा मुद्दा चलाउँछ । आईसीसीसँग पक्राउ वारेन्ट जारी गर्ने शक्ति रहेको छ र यसलाई कार्यान्वयन गर्न उसका एक सय २४ सदस्य बाध्य छन् । युक्रेनले सन् २००० मा अदालतको स्थापना गर्ने रोम विधानमा हस्ताक्षर गरेको थियो तर केही राजनीतिक र सैन्य हस्तीहरूले युक्रेनी सैनिकहरूले अभियोजनको सामना गर्नुपर्ने हुनसक्ने आशङ्का व्यक्त गरेपछि यसलाई अनुमोदन गरेको थिएन

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले संसद्ले कानून अनुमोदन गरेपछि बुधबारको कदमलाई ‘ऐतिहासिक’ बताए ।

Logo