मुसा नियन्त्रणका लागि पाकिस्तानी संसद्को सुरक्षामा बिरालोको ड्युटी

मुसा नियन्त्रणका लागि पाकिस्तानी संसद्को सुरक्षामा बिरालोको ड्युटी

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । पाकिस्तानी संसद्मा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई खटाइने भएको छ । संसद्को सुरक्षामा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो । पाकिस्तानी संसद्मा मुसाको संख्या लगातार बढिरहेको छ । मुसाले संसद्का महत्त्वपूर्ण कागजात पनि नष्ट गर्न थालेपछि अधिकारीहरू चिन्तित बन्न थालेका थिए ।

मुसाले संसद्का विद्युत् तथा इन्टरनेटका तार समेत काटेर हैरान पार्ने गरेका छन् । प्राधिकरणले मुसा नष्ट गर्नका लागि निजी विज्ञहरूको समेत सहयोग लिने योजना बनाइरहेको छ । यसका अलावा मुसा पक्रनका लागि विशेष खालको मुसादानी पनि राखिएको छ ।

Logo