भारतले आज पहिलो राष्ट्रिय अन्तरिक्ष दिवस मनाउँदै

भारतले आज पहिलो राष्ट्रिय अन्तरिक्ष दिवस मनाउँदै

केन्द्रबिन्दु
42
Shares

नयाँदिल्ली । भारतले आज राष्ट्रिय अन्तरिक्ष दिवस मनाउँदै छ । भारत सरकारले भारतको चन्द्र अभियान चन्द्रयान ३ ले सफल अवतरण गरेको अवसरमा यसै वर्षदेखि राष्ट्रिय अन्तरिक्ष दिवस मनाउन लागेको हो ।

दैनिक जीवनमा अन्तरिक्षमा आधारित प्रविधिको प्रयोग वृद्धि गर्नका लागि अन्तरिक्ष दिवसका अवसरमा विभिन्न प्रदर्शनी तथा सम्मेलनको आयोजना गरिने कार्यक्रम छ । अन्तरिक्षसम्बन्धी विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न यो दिवसले मद्दत गर्ने अपेक्षा गरिएको छ । यस ऐतिहासिक दिनमा चन्द्रयान–३ मिसनले भारतलाई लिएर सारा विश्वलाई चकित बनाएको थियो ।

राष्ट्रपति द्रौपदी मुर्मुसँगै केन्द्रीय मन्त्री जितेन्द्र सिंह र इसरोका अध्यक्ष एस सोमनाथ पनि उपस्थित छन् । यस अवसरमा इसरो प्रमुखले भने, ‘गत वर्ष हामीले चन्द्रयान मिसन सफलतापूर्वक प्रक्षेपण गरेका थियौँ । यो उपलब्धीले यति ठूलो प्रभाव पार्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ । केही दिनपछि भारतका प्रधानमन्त्रीले हामीलाई नियन्त्रण केन्द्रमा भेटेपछि यो भयो र उहाँले अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा घोषणा गर्नुभयो र अवतरण स्थल अर्थात् चन्द्रयान ३ लाई शिव शक्ति बिन्दु घोषणा गर्नुभयो ।’

Logo