पश्चिम जर्मनीमा सार्वजनिक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु, नौ घाइते

पश्चिम जर्मनीमा सार्वजनिक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु, नौ घाइते

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । पश्चिम जर्मनीको सोलिङ्गेनमा शुक्रबार राति भएको एक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ । बीबीसीका अनुसार सोलिङ्गेन सहरले आफ्नो स्थापनाको ६५० वर्षगाठ मनाउँदै थियो ।

सोलिङ्गेन सहरका मेयरले आक्रमण फ्रानहोफ स्क्वायरमा भएको बताए । कार्यक्रममा करिब १० हजार मानिसहरुको सहभागिता रहेको थियो । लाइभ ब्यान्ड चलिरहेका बेला एक व्यक्तिले भीडमा रहेका मानिसहरूलाई राति १० बजे आक्रमण गरेका थिए ।

सोलिङ्गेनको जनसंख्या १ लाख ५९ हजार छ । यो जर्मनीको सबैभन्दा बढी आवादी भएको राज्य उत्तर राइन–वेस्टफालिया राज्यमा छ । घाइतेलाई अस्पताल लैजानेसँगै प्रहरीले ३ दिनसम्म चल्ने कार्यक्रम पनि रद्द गरेको छ । यससँगै प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्र खाली गर्न आग्रह गरेको छ । प्रहरीले अपरिचित आक्रमणकारीको खोजी कार्य सुरु गरेको छ । यसका लागि ४० वटा सवारी साधन परिचालन गरिएको छ । प्रहरीले हेलिकप्टरबाट पनि उनको खोजी गरिरहेको छ । नजिकैको सीसीटीभी फुटेज जाँच भइरहेको छ ।

जर्मन प्रहरीले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा चक्कु प्रयोग भएको पुष्टि गरेको छ। प्रहरीले अहिलेसम्म आक्रमणकारीको बारेमा निकै कम जानकारी रहेको बताएको छ । तर, छुरा प्रहारको घटना एक्लो आक्रमणकारीले गराएको उनीहरूको अनुमान छ । जर्मन मिडियाका अनुसार आक्रमणकारीले मानिसहरूको घाँटीमा चक्कु प्रहार गरेको छ । जसका कारण घाइतेहरूको अवस्था चिन्ताजनक रहेको छ ।

Logo