एसिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने

एसिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने

केन्द्रबिन्दु
42
Shares

मनिला । संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालयले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

“यो प्रक्षेपणले सन् २०१५ मा ‘सेन्डाई फ्रेमवर्क’मा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट हामी टाढा गइरहेको सङ्केत गरेको छ । हामीले जोखिम न्यूनीकरणभन्दा पनि बढाउनुको साटो जोखिम बढाइरहेको बताएको छ”, युएनडीआरआरको एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा भने ।

सेन्डाई फ्रेमवर्क विपद् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो । उक्त सम्मेलन आगामी अक्टोबरमा फिलिपिन्सले आयोजना गर्ने छ ।

Logo