इरानले हमास प्रमुख हनियाको हत्याको ठीक समयमा उपयुक्त विधि प्रयोग गरी बदला लिने

इरानले हमास प्रमुख हनियाको हत्याको ठीक समयमा उपयुक्त विधि प्रयोग गरी बदला लिने

केन्द्रबिन्दु
182
Shares

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् । उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् ।

इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले बताए । हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने,“इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।”

अराग्चीले थपे,“ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।” इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन इरान पुगेका हानियाको तेहरानस्थित निवासमा गत जुलाई ३१ मा भएको आक्रमणमा हनिया र उनका अङ्गरक्षकसहितको मृत्यु भएको थियो ।

इरानले आक्रमणको लागि इजरायल जिम्मेवार रहेको ठहर गरेको छ भने इजरायलले आक्रमणमा आफ्नो संलग्नताको पुष्टि वा खण्डन गरेको छैन ।

Logo