हिजबुल्लाहका हजारौँ रकेट नस्ट गरेको इजरायलीे दाबी

हिजबुल्लाहका हजारौँ रकेट नस्ट गरेको इजरायलीे दाबी

केन्द्रबिन्दु
126
Shares

जेरुसेलम । इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ ।

“करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौँ हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।

“हिजबुल्लाले उत्तरी इजरायलतर्फ सयौँ रकेट र युएभी प्रहार गरेको छ । हिजबुल्लाहबाट भएको आक्रमण ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण योजनाको एक हिस्सा थियो र हामी आज बिहान यसको ठूलो मात्रालाई विफल पार्न सफल भयौँ,” हिजबुल्लाहले के लक्षित गरेको थियो भन्ने जानकारी दिन अस्वीकार गर्दै इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भने ।

“हामी अहिले आक्रमणपछिको अवस्थाको आँकलन गरिरहेका छौँ । अझै पनि केही आक्रमणहरू भइरहेका छन्,” शोशानीले भने । आक्रमणबाट त्यहाँ सामान्य क्षति भएको छ । शोशानीले हिजबुल्लाहमाथि आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका साझेदारले भाग नलिएको बताए । उनले भने, “आइतबार बिहान इजरायलीतर्फबाट केही कारबाही भएका छन्।”

Logo