पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

केन्द्रबिन्दु
168
Shares

रावलपिण्डी । पाकिस्तानको आजाद पाटन शहरनजिक आइतबार भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको पाकिस्तानी प्रहरीले बताएको छ ।

पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने उक्त शहरनजिकै भएको सो दुर्घटना भएको हो । पञ्जाबको रेस्क्यु ११२२ आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, “अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ ।

उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए । पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पुराना यातायातका साधन, अत्याधिक भार र चालकको लापर्बाहीका कारण सडक दुर्घटना हुने गरेको पाइन्छ ।

इरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २८ जना तीर्थयात्रीको शव स्वदेश ल्याएको एक दिनपछि यो अर्को दुर्घटना भएको हो । गत मङ्गलबार राति इरानको मध्य क्षेत्रमा रहेको याज्द प्रान्तको एक सुरक्षा जाँच केन्दूमाअगाडि ५१ जना पाकिस्तानी तीर्थयात्रीलाई लिएर इराक जाँदै गरेको उक्त बस पल्टिएर आगलागी हुँदा २८ जनाको मृत्यु भएको थियो भने अन्य ३० जना घाइते भएका इरानी राष्ट्रिय टेलिभिजनले च्यानलले जनाएका छन् ।

इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

Logo