इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

केन्द्रबिन्दु
28
Shares

गाजा । गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् ।

इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्रोतहरूले सिन्ह्वालाई बताएका छन् । इजरायली सेनाले कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन् । यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ४० हजार चार सय ३५ पुगेको र ९३ हजार पाँच सय ३४ घाइते भएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा गाजा पट्टीका प्यालेस्टिनीहरूले बढ्दो गम्भीर मानवीय सङ्कटको सामना गरिरहेका छन् ।

Logo