बङ्गलादेशमा सुरक्षा बलद्वारा बेपत्ता पारिएका घटनाबारे अनुसन्धान सुरु

बङ्गलादेशमा सुरक्षा बलद्वारा बेपत्ता पारिएका घटनाबारे अनुसन्धान सुरु

केन्द्रबिन्दु
84
Shares

ढाका । शेख हसिनाको शासनकालमा सुरक्षा फौजले बलपूर्वक बेपत्ता पारेका सयौँ घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बुधबार बङ्गलादेश सरकारले जनाएको छ । बलपूर्वक बेपत्ता पारेका भनिएका घटनामा कुख्यात र्‍यापिड एक्सन बटालियन (आरएबी) भनिने अर्धसैनिक बलको अत्याधिक संलग्नता रहेको छ ।

आरएबीलाई धेरै अधिकार उल्लङ्घनको आरोप लगाइएको छ र यसलाई संयुक्त राज्य अमेरिकाले गैरन्यायिक हत्या र बलपूर्वक बेपत्ता पार्ने भूमिकाको लागि प्रतिबन्ध लगाएको थियो । ह्युमन राइट्स वाचले सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले ‘६०० भन्दा बढी बलपूर्वक बेपत्ता पारिएका’ घटना रेकर्ड गरेको र करिब १०० जना कहाँ छन् अहिले पनि कुनै जानकारी छैन ।

पक्राउ पर्नेमा हसीनाका प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी र देशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका रहेका छन् । हसिनाको सरकारले लगातार आरोपको खण्डन गर्दै बेपत्ता भएकामध्ये केही युरोप पुग्ने क्रममा भूमध्यसागरमा डुबेको दाबी गरेको छ ।

हप्तौँदेखि जारी विद्यार्थी आन्दोलनले १५ वर्ष लामो शासनको अन्त्य गर्दै राजीनामा दिन बाध्य पारेपछि पूर्वप्रधानमन्त्री हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भारत गई शरण लिइरहेकी छिन् ।

उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश मोइनुल इस्लाम चौधरीको अध्यक्षतामा गठित पाँच सदस्यीय समितिले बोर्डर गार्ड बङ्गलादेश लगायत अर्धसैनिक बलका अन्य प्रहरी एकाइमाथि पनि अनुसन्धान गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले आरएबी र बीजीबी दुवै सेनासँग ‘बलपूर्वक बेपत्ता पारिएका, यातना र दुर्व्यवहारलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका रेकर्ड’ रहेको बताएको छ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले काम सुरु गर्न आदेश दिएको आयोगलाई प्रतिवेदन बुझाउन ४५ कार्यदिनको समय दिइएको छ।

हसिनाको पालामा हिरासतमा लिइएका व्यक्तिहरूको रिहाइका लागि अभियान चलाइरहेको समूहकी संयोजक सञ्जिदा इस्लाम टुलीले आयोगको स्वागत गरेकी छिन् । “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको रिपोर्ट पूर्ण रूपमा प्रकाशित गर्नु र कुनै पनि जानकारी नलुकाइनु हो,” टुलीले भने । जसको अर्थ आमाको आह्वान,‘द कल अफ द मदर्स’, हो।

हराएका आफन्तको खोजी गर्नेहरूसँग मिलेर यसै महिनाको सुरुमा युनुससँग भेटेर कारबाहीको माग गरेकी टुलीले आयोगले हरेक परिवारको कुरा बिना भेदभाव सुनोस् भन्ने चाहेको बताएकी थिइन् ।

उनले बेपत्ता भएकाहरूको फिर्ता होस् र जिम्मेवारहरूले न्याय पाऊन् भन्ने आफूहरूको चाहना रहेको बताइन् । संयुक्त राष्ट्रसङ्घको अधिकार टोलीको प्रारम्भिक प्रतिवेदनअनुसार हसिनालाई पदच्युत गर्नुअघिका हप्ताहरूमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । उनी भागेको एक दिनपछि ढाकास्थित सैन्य गुप्तचर बलको भवनबाहिर परिवारका सदस्यहरू आफ्ना नातेदारहरूको पर्खाइमा भेला भएका थिए। तर, औँलामा गन्नसक्नेलाई मात्र रिहा गरिएको पुष्टि भएको छ।

Logo