राष्ट्रपतिमा जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

राष्ट्रपतिमा जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक र्‍यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दाबी गरे ।

र्‍यालीमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी मुद्रास्फीतिलाई पराजित गर्ने छौँ र अमेरिकालाई फेरि किफायती बनाउने छौँ । सँगै सीमाना सुरक्षित गर्न, अन्तहीन विदेशी युद्धहरू अन्त्य गर्न र अमेरिकाका श्रमिक जनताको सुरक्षा गर्न प्रतिबद्ध हुने छौँ ।’

यसैगरी उनले सरकारी भ्रष्टाचारलाई पराजित गर्न, अभिव्यक्ति स्वतन्त्रता पुनस्र्थापित गर्न आफ्नो ध्यान केन्द्रित हुने पनि बताए । आफ्नो भावी नीतिहरूबारे बोल्दै ट्रम्पले आफूले देशलाई विश्वको प्रमुख ऊर्जा उत्पादन गर्ने देश बनाउने दिशामा काम गर्ने र जनताको घरायसी बिल ५० प्रतिशतले घटाउने ऊर्जाको लागत घटाउने बताए ।

यसैगरी उनले अमेरिकामा जन्मदर बढाउने कुरालाई प्रोत्साहन गर्ने पनि बताए । ट्रम्पले ग्रीन न्यू डिल खारेज गर्ने र ती कोषहरू अमेरिकाको पूर्वाधारमा प्रयोग गर्ने वाचा पनि गरे ।

Skip This
Skip This
Logo