स्विडेनले उन्नत एआई केन्द्र निर्माण गर्ने

स्विडेनले उन्नत एआई केन्द्र निर्माण गर्ने

केन्द्रबिन्दु
70
Shares

हेलसिन्की । स्विडिश फर्म इकोडाटासेन्टरले युरोपको कम्प्युटिङ क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने लक्ष्य राख्दै स्विडेनमा उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र निर्माण गर्न अमेरिकी क्लाउड कम्पनी कोरवेभसँग साझेदारीको घोषणा गरेको छ । स्विडिश डाटा सेन्टर कम्पनीको प्रेस विज्ञप्तिअनुसार एआई सेन्टर मध्य स्विडेनको फालुन सहरमा स्थापना हुनेछ ।

सन् २०२४ को वसन्तमा लन्च गरिएको ब्ल्याकवेल एआई प्लेटफर्मले एआई प्रशिक्षण कार्यसम्पादन सुधार गर्नुपर्ने र यसको पूर्ववर्तीको तुलनामा २५ गुणा बढी ऊर्जा कुशल हुनुपर्छ । यो परिष्कृत दक्षताले कम्पनी र संस्थाहरूका लागि नयाँ र थप प्रभावकारी एआई अनुप्रयोगहरूको विकासलाई सहज बनाउन सहयोग प्राप्त हुनेछ । ।

कम्पनीले फालुनमा सन् २०२५ को सुरुआतमा हजारौँ ब्ल्याकवेल जीपीयूको स्थापना गर्न थाल्नेछ । इकोडाटासेन्टरका प्रमुख कार्यकारी अधिकृत पिटर माइकलसनले भने, “यो परियोजनाले स्विडिश र युरोपेली एआई पूर्वाधारका लागि जग बसाल्नेछ ।”

Skip This
Skip This
Logo