केदारनाथमा हेलिकप्टर दुर्घटना

केदारनाथमा हेलिकप्टर दुर्घटना

केन्द्रबिन्दु
1.5k
Shares

केदारनाथ । मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए । “हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भने । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,” चौबेले भने ।

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बलको टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo