नाटो प्रमुखद्वारा रूसको कुर्कुसमा भएको युक्रेनी आक्रमणको समर्थन

नाटो प्रमुखद्वारा रूसको कुर्कुसमा भएको युक्रेनी आक्रमणको समर्थन

केन्द्रबिन्दु
126
Shares

बर्लिन । नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसको कुर्कुस क्षेत्रमा भएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षाका लागि भएको जनाउँदै युक्रेनलाई सीमा क्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको बताएका छन् ।

जर्मन अखबार डी वेल्टसँगको शनिबार प्रकाशित कुराकानीमा उनले यक्रेनलाई अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो रक्षा गर्ने अधिकार रहेको उल्लेख गरेका हुन् । आक्रमणले किएभका सहयोगीको पनि ध्याानकर्षण गरेको उल्लेख गर्दै स्टोल्टेनबर्गले यसमा पश्चिमी सैन्य गठबन्धनले कुनै भूमिका नखेलेको जनाए ।

स्टोल्टेनबर्गले युक्रेनको युरोपेली सैन्य उपकरणदाता तथा जर्मनीको प्रतिबद्धतालाई स्वागत गर्दै बर्लिनले अर्को वर्षको बजेटमा किएभलाई सहयोग गर्ने तयारी गरिरहेको बताए ।

जर्मनीले युक्रेनलाइ आवश्यक सैन्य उपकरण सहयोग निरन्तर जारी राख्ने निर्णय सार्वजनिक गर्दा चान्सलर ओलाफ स्कोल्जको सरकार गत हप्ता कडा आलोचनामा परेको थियो ।

Skip This
Skip This
Logo