चीनले बीआरआई देशहरूका लागि उच्चस्तरीय बौद्धिक सम्पत्ति सम्मेलन आयोजना गर्ने

चीनले बीआरआई देशहरूका लागि उच्चस्तरीय बौद्धिक सम्पत्ति सम्मेलन आयोजना गर्ने

केन्द्रबिन्दु
28
Shares

बेइजिङ । चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ति (आईपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ । चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन (सीएनआईपीए) का अनुसार यस सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तरराष्ट्रिय र क्षेत्रिय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने भएको छ ।

कार्यक्रममा चीनस्थित दूतावासका प्रतिनिधिहरू, सम्बन्धित विभागका अधिकारी र उद्योग व्यवसायीहरूको पनि सहभागिता रहनेछ । यसमा करिब ४५० जना सहभागीहरूको अपेक्षित उपस्थिति रहेको सीएनआईपीएले उल्लेख गरेको छ । “सहभागीहरूले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन्,”सीएनआईपीएका वरिष्ठ अधिकारी शेङ लीले पत्रकार सम्मेलनमा भने ।

चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षालगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ । यसले ५७ बीआरआई साझेदार देशहरूसँग आईपी सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ ।

बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तरराष्ट्रिय संस्थाहरूमा पठाइएको छ ।

Skip This
Skip This
Logo