चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’का कारण जनजीवन प्रभावित

चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’का कारण जनजीवन प्रभावित

केन्द्रबिन्दु
266
Shares

काठमाडौं । चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’ नामको चक्रवातले त्यहाँको जनजीवन प्रभावित भएको छ । चीनको दक्षिण क्षेत्रमा पर्ने उक्त टापु प्रान्तमा चक्रवातपछि आएको भारी वर्षा र हुरीका कारण जनजीवन प्रभावित भएको हो ।

वर्षा र आँधीका कारण ८९ वटा सडक अवरुद्ध भएका छन् । ति सडकहरु खुलाउनेक्रम जारी राखिएको छ । प्रवाभित क्षेत्रमा रेल सेवाहरू पनि अवरुद्ध भएका थिए ।

यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहने जनाइएको छ । सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले भने सुचारु भएको छ । उक्त यागी भियतनामतर्फ मोडिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । भारी वर्षा र हुरीका कारण कम्तीमा दुई जनाको मृत्यु तथा ९२ जना घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

Skip This
Skip This
Logo