एक हप्तामा ३० हजारभन्दा बढी अफगानी शरणार्थी मातृभूमि फर्किए

एक हप्तामा ३० हजारभन्दा बढी अफगानी शरणार्थी मातृभूमि फर्किए

केन्द्रबिन्दु
98
Shares

काबुल । गत हप्तामा ३० हजारभन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तान, इरान र टर्कीबाट आफ्नो मातृभूमि फर्किएका छन् । मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले भने, “स्वदेश फर्किएकामध्ये करिब २५ सय पाकिस्तान, करिब १९० टर्की र बाँकी इरानबाट फिर्ता आएका हुन् ।”

यसबाहेक, गत वर्ष कूल एक लाख ७८ हजार अफगान शरणार्थी विदेशबाट फर्किएका मन्त्रालयले जनाएको छ । अफगानस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनःनिर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ ।

Skip This
Skip This
Logo