अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा

अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा

केन्द्रबिन्दु
966
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमा त्रास सिर्जना भएको छ ।

पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची मागिएको छ । यस सूचीमा देशका सबै मन्त्रालय र विभागमा कार्यरत समान र उच्च स्तरका सहसचिवसहितका हिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ। अगस्त २७ मा जारी गरिएको यस आदेशले सेप्टेम्बरको पहिलो साताभित्र सबै हिन्दू अधिकारीहरूको विवरण सरकारलाई बुझाउन आदेश दिएको थियो ।

यो आदेश सबै मन्त्रालयहरूमा गोप्य रूपमा पठाइएको थियो । यस आदेशपछि बंगलादेशका सबै मन्त्रालयहरूमा हलचल मच्चिएको छ, जहाँ हिन्दू अधिकारीहरू कार्यरत छन् । आदेशमा पदाधिकारी र कर्मचारीको पूरा विवरण सँगै सफ्ट र हार्ड प्रतिलिपि उपलब्ध गराउन भनिएको छ ।

फ्रीडम फर हिन्दू राइट्स इन बंगलादेशका सोमेश बनर्जीले अमर उजाला डट कमसँग कुरा गर्दै, यस आदेशले यहाँ काम गर्ने हिन्दू कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको बताए । उनले भने, ‘अगस्त ५ पछि बंगलादेशका विभिन्न विश्वविद्यालयबाट करिब ५० हिन्दू शिक्षकलाई निकालिएको छ । अहिले यस्तो आदेशले हिन्दूहरूमा डर पैदा गरेको छ ।’

बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउन तयार पारिएको बताएको छ । तर, फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ ।

Logo