एक वर्षमा विष्फोटक पदार्थबाट १ हजार ५ सय सोमाली नागरिकको मृत्यु भएको राष्ट्रसङ्घको रिपोर्ट

एक वर्षमा विष्फोटक पदार्थबाट १ हजार ५ सय सोमाली नागरिकको मृत्यु भएको राष्ट्रसङ्घको रिपोर्ट

केन्द्रबिन्दु
42
Shares

मोगादिसु । सोमालियामा गत वर्षमा ६०० वटा इम्प्रोभाइज्ड एक्प्लिसिभ डिभाइस (आईईडी) बाट कम्तीमा १ हजार ५ सय सर्वसाधारणको मृत्यु वा घाइते भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका कार्यवाहक विशेष प्रतिनिधि जेम्स स्वानले सोमालिया राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता र दिगोपनतर्फ अघि बढ्दै गए पनि आईईडीको खतरा भने अझै उस्तै रहेको बताए ।

“आईईडीको खतरा कत्तिको गम्भीर छ भन्ने सबैलाई थाहा छ । यो आक्रमण हाम्रा सोमालिया राष्ट्रिय सेना (एसएनए) का सिपाहीहरू लक्षित छ । यो खतराको समाधान खोज्नु अत्यन्त महत्त्वपूर्ण छ,” स्वानले मोगादिसुमा भने ।

सन् २०२३ मा आईईडीको कारण ३७८ को मृत्यु र ४७१ सोमाली सेना घाइते भएको रिपोर्ट गरेको संयुक्त राष्टले जनाएको छ । सन् २०२० देखि सोमाली सेनाले यूएन माइन एक्शन सर्भिस (यूएनमेएएस) द्वारा समर्थित आईईडीद्वारा उत्पन्न खतराको सामना गर्न बढ्दो क्षमता प्रदर्शन गरेको छ ।

आईईडीको निरन्तर खतरा विरुद्ध लडाइँको नेतृत्व गरिरहेको यूएनमेएएसले सोमाली सेनाहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।

Logo