फोर–जी प्रविधि विकास गर्ने छ मुलुकमध्ये भारत एक

फोर–जी प्रविधि विकास गर्ने छ मुलुकमध्ये भारत एक

केन्द्रबिन्दु
84
Shares

नयाँदिल्ली । केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोर–जी प्रविधि विकास गरेका विश्वका छ मुलुकमध्ये भारत एक बनेको बताएका छन् ।

मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो एक सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उनले भने, “प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थियो । साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो । यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ ।”

आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी छ मुलुकमध्ये भारत एक रहेको उल्लेख गर्दै उनले ‘हामीलाई यो आत्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको छ’ भने । “पछिल्लो सय दिनमा हामीले सात हजार दुई सय ५८ टावर खडा गरी सञ्चालनमा ल्याएका छौँ । हामीले नौ हजार पाँच सय ६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेका छौँ र हाम्रो दोस्रो केन्द्रित पूर्वाधार क्षेत्र हो”, उनले भने ।

अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ वटा फाइभ–जी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

Logo