मोदी र जेलेन्स्कीबीच अमेरिकामा भेटघाट

मोदी र जेलेन्स्कीबीच अमेरिकामा भेटघाट

केन्द्रबिन्दु
210
Shares

वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् ।

दुई नेताबीच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । यस क्रममा उनलै रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न र शान्ति पुनर्स्थापना गर्ने प्रयासमा सहयोग गर्ने वाचा गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घ (यूएन)को भविष्य शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् ।

Logo