ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता, के भयाे कुराकानी ?

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता, के भयाे कुराकानी ?

केन्द्रबिन्दु
350
Shares

न्युयोर्क । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे प्रश्न उठाउने क्रममा राष्ट्रपतिय उम्मेदवार एवं पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार उच्चस्तरीय वार्ता गरेका छन् ।

रिपब्लिकनले बारम्बार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको रक्षा गर्दै आएका घटनाको समिक्षा गर्दै विदेश नीतिका विज्ञहरुले ट्रम्पको दोस्रो कार्यकाल युक्रेनको रक्षाका लागि विनाशकारी हुने डर व्यक्त गरेका छन् ।

जेलेन्स्कीले ट्रम्पको चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग बिहीबार वासिङ्टनमा भेट गरेका थिए र दुबैले हाल सङ्कटग्रस्त युक्रेनलाई समर्थन गर्ने वाचा गरेका छन् ।

ट्रम्पले यस हप्ता जेलेन्स्कीलाई द्वन्द्व अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेको आरोप लगाएका थिए । उनले दोस्रो कार्यकाल जितेमा शान्ति ल्याउने वाचा गरेका छन् ।

एक घण्टाभन्दा कम समय चलेको बैठकअघि पूर्व अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीसँगको आफ्नो गठबन्धनको प्रशंसा गरे साथै राष्ट्रपति पुटिनसँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको बताए ।

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति जेलेन्स्कीले बैठक “धेरै उत्पादक” भएको बताएका छन् । “मैले उहाँलाई हाम्रो विजय योजना प्रस्तुत गरें, र हामीले युक्रेनको अवस्था र हाम्रा जनताका लागि युद्धको नतिजाबारे राम्ररी समीक्षा गर्यौं”, जेलेन्स्कीले भने,“धेरै विवरणहरू छलफल गरियो। यो बैठकका लागि म आभारी छु। न्यायपूर्ण शान्ति आवश्यक छ ।”

जेलेन्स्की यस हप्ता संयुक्त राष्ट्र महासभाका लागि न्यूयोर्कमा आएका छन् ।

युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिसलाई तथाकथित आफ्नो “विजय“ योजना प्रस्तुत गरेका थिए । बाइडेनले कियभका लागि लगभग ८ अर्ब डलरको नयाँ सैन्य सहायता घोषणा गरेका छन् । -एएफपी

Logo