स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

केन्द्रबिन्दु
140
Shares

मड्रिड(स्पेन) । स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिबार जनाएको छ ।

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई उद्धार गर्न सफल भएको जनाएका छन् । यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरु बोकी युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।

पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि यात्रा गर्ने क्रम बढेको जनाइएको छ ।

अगस्टको अन्त्येमा, स्पेनका प्रधानमन्त्रीले मौरिटानिया र गाम्बियाको भ्रमण गरी कानुनी आप्रवासनका लागि मार्गहरू विस्तार गर्दै मानव तस्करहरू विरुद्ध कारबाही गर्न सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी “इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन” ले सन् २०१४ देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

आप्रवासीहरूलाई सहयोग गर्ने स्पेनिस गैरसरकारी संस्था “क्यामिनान्डो फ्रन्टेरास” का अनुसार युरोप जाने क्रममा दुर्घटनामा परी हाल सम्म १८ हजार ६८० जनाको मृत्यु भई सकेको छ । -एएफपी

Logo