लेबनानबाट ५० हजारभन्दा बढी व्यक्ति सिरियातर्फ पलायनः राष्ट्रसङ्घ

लेबनानबाट ५० हजारभन्दा बढी व्यक्ति सिरियातर्फ पलायनः राष्ट्रसङ्घ

केन्द्रबिन्दु
56
Shares

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले लेबनानमा इजरायली हवाई आक्रमण बढेपछि ५० हजारभन्दा बढी मानिस सिरियातर्फ भागेको शनिबार बताएका छन् ।

“लेबनानमा बसोबास गर्ने ५० हजारभन्दा बढी लेबनानी र सिरियाली नागरिक इजरायली हवाई आक्रमणबाट भागेर सिरिया प्रवेश गरेका छन्,” ग्रान्डीले भने ।

उनले आक्रमणका कारण लेबनानभित्र दुई लाखभन्दा बढी मानिस विस्थापित भएको बताए । यूएनएचसीआरका एक प्रवक्ताले लेबनानमा कूल विस्थापितको सङ्ख्या दुई लाख ११ हजार ३१९ पुगेको र इजरायलले सोमबार नाटकीय रूपमा हवाई आक्रमण बढाएयता एक लाख १८ हजार रहेको बताएका छन् ।

गत अक्टोबर ७ मा हिजबुल्लाहको प्यालेस्टिनी सहयोगी हमासले इजरायलमाथि आक्रमण गरेको एक दिनपछि लेबनानबाट हिजबुल्लाहका लडाकूले सीमापार आक्रमण सुरु गरेको र प्रतिवादमा इजरायलले गाजा पट्टीमा आक्रमण सुरु गरेपछि लाखौँ गाजाबासीहरू आफ्नो घर छोडेर पलायन हुन बाध्य भएका थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजाबाट आफ्नो अभियानको ध्यान लेबनानमा केन्द्रित गरेको छ । लेबनानमा सोमबार भएको भारी बमबारीमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछिको यो सबैभन्दा घातक दिन बनेको थियो भने शुक्रबारको आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको लेबनानमा मृत्यु भएको थियो ।

ग्रान्डीले भने, “दुवै सरकारको समन्वयमा सबै खाँचोमा परेकाहरूलाई सहयोग गर्न यूएनएचसीआरसहितका समूहको राहत कार्य जारी छ।

Logo