जम्मु–कश्मीरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान

जम्मु–कश्मीरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान

केन्द्रबिन्दु
56
Shares

श्रीनगर । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कश्मीरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।

भारत–पाकिस्तानबीच विभाजित रहेको क्षेत्र त्यसबेलादेखि संघीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ । ३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मीर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ र मङ्गलबारको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उच्च बेरोजगारी दर र सन् २०१९ को परिवर्तनप्रति आक्रोशले अभियानलाई उत्प्रेरित गरेको छ र स्थानीय दलहरूले कश्मीरको स्वायत्तताको पुनःस्थापनाका लागि लड्ने वाचा गरेका छन् ।

मतदानको पहिलो दुई चरणमा ५५ प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेका थिए । विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् । करिब एक दशकपछि जम्मु–कश्मीरमा भएको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा गरिनेछ ।

Logo