अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता

केन्द्रबिन्दु
42
Shares

काबुल । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।

प्रान्तीय सूचना विभागका प्रमुख कुराइसी बद्लुनले डुङ्गा सोमबार दिउँसो नङ्गरहार प्रान्तको कुज कुनार जिल्लास्थित नदीमा डुबेर दुर्घटना भएको बताएका छन् ।

घटनाको बारेमा जानकारी दिँदै उनले डुङ्गामा सवार १७ जना मध्ये आठ जनाको मृत्यु पुष्टि भएको र चार जनालाई उद्धार गरिएको तथा पाँच जना अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।

नदीमा पुल अभावका कारण दुर्घटनाग्रस्त क्षेत्रका बासिन्दाले नियमित रूपमा नदी पार गर्न डुङ्गा प्रयोग गर्ने गरेको जनाइएको छ । अधिकारीहरुका अनुसार गत जुन महिनामा नङ्गरहारमा भएको डुङ्गा दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । -एएफपी

Logo