लेबनानको सीमामा इजरायली सेनासँग झडप जारीः हिजबुल्लाह

लेबनानको सीमामा इजरायली सेनासँग झडप जारीः हिजबुल्लाह

केन्द्रबिन्दु
196
Shares

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार जनाएको छ ।

“इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट “पछि हट्न“ बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ । इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा ‘साल्वो रकेट’ का साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमाण गरेको बताएको छ ।

हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् । विस्थापितहरूको उचित व्यवस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।

Logo